सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको प्रश्न : अधिवेशनको माहोल तयार पार्ने बेलामा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ?

भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको प्रश्न : अधिवेशनको माहोल तयार पार्ने बेलामा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 6.0K
    SHARES

  • भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको प्रश्न : अधिवेशनको माहोल तयार पार्ने बेलामा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ?

    काठमाडौँ- नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् ।

    उनले भने,‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको सभापतिलाई समस्या होला । अधिवेशनको माहोल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ । म सबैलाई पार्टीको महाधिवेशनमा विन्रमतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन् ।’ 

    उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिल्ला सभापतिहरु उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको भन्दै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पारे । उनले आफूहरुले क्रियाशिल वितरण सर्वसम्मत रुपमा वितरण गरेको पनि सुनाए । 

    उनले भने,‘भक्तपुरमा हामीले क्रियाशिल र नविकरणपनि केन्द्रीय परिपत्र र विधानअनुसार नै गरेका हौं । भक्तपुरमा क्रियाशिलको विवाद छैन् । अरु ७६ जिल्लामा पनि साथीहरुले नविकरण र वितरण गर्नुभयो होला भन्ने लागेको थियो ।

    तोकिएको समयभन्दा अघि नै हामीले काम सम्पन्न गरेको हो । हिजो समायोजनको प्रक्रियामा जाँदै गर्दा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका साथीहरुलाई पनि उचित रुपमा समायोजना गरेकै हो, यसमा समायोजन समिति गठन गरेर समायोजन गरेको हो । को सहमहामन्त्री बन्यो ? को केन्द्रीय सदस्य बन्यो ? कसले महासमिति सदस्य बन्यो भन्दापनि सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’

    थापाले अहिले कांग्रेस वैधानिक संकटमा छ भन्ने कुरा पनि आएको उल्लेख गर्दै भने,‘वर्तमान सभापतिले महाधिवेशन गर्न नसक्ने भनेर पनि कुरा आयो । तर, सर्वसम्मतीले १४औं महाधिवेशनको मिति तय भएको छ । क्रियाशिल सदस्यताको विवाद पनि समाधान भएको थियो । देशभरिका साथीहरु हर्षोल्लासका साथ सहभागी हुने वातावरण बनिरहेको बेला साथीहरु किन र कुन घेराबन्दीमा परेर धर्ना दिइरहनुभएको छ ? यो मलाई थाहा छैन् ।’

    उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशिल सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको र सहमति गरेको पनि स्मरण गराए ।  उनले थपे–‘देशव्यापी रुपमा अधिवेशनको माहोल बन्दै थियो । तर, भोलिपल्टै अनियमितता भयो, धाँधली भयो । वेबसाईटमा सार्वजनिक गर्नुपर्यो भनेर धर्नामा हुनुहुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर ५ २०७९०९:२०:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend