आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

भक्तपुरका चारवटै नगरपालिकामा एमाले असुरक्षित, कांग्रेसको संगठन पहिलेभन्दा बलियो

भक्तपुरका चारवटै नगरपालिकामा एमाले असुरक्षित, कांग्रेसको संगठन पहिलेभन्दा बलियो

  • मिडिया डबली
  • सोमवार, चैत्र १४ २०७८

  • 12.0K
    SHARES

  • भक्तपुरका चारवटै नगरपालिकामा एमाले असुरक्षित, कांग्रेसको संगठन पहिलेभन्दा बलियो

    काठमाडौं - स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल अहिले घोषणापत्र र उम्मेदवार चयनको आन्तरिक गृहकार्यमा लागेका छन् ।

    यसैक्रममा भक्तपुर जिल्ला देशकै सबैभन्दा सानो जिल्ला हो । काठमाडौंसँग जोडिएको हुनाले भक्तपुरमा पनि स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ ।

    भक्तपुर भन्नेवित्तिकै नेमकिपा र नारायणमान बिजुक्छे भन्ने सबैले सम्झन्छन् । तर, पछिल्लो केही समययता नेमकिपाको संगठन कमजोर बन्दै गएका छन् भने नेपाली कांग्रेस र एमाले बलियो बन्दै गएका छन् ।

    गत स्थानीय तहको निर्वाचनमा भक्तपुरमा एमालेले जबर्जस्त रूपमा परिणाम आफ्नो पक्षमा पारेको थियो । भक्तपुर नगरपालिका, मध्यपुरथिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामध्ये तीनवटा स्थानीय तहको प्रमुख एमालेले जितेको थियो ।

    भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति प्रमुख चुनिए भने मध्यपुरथिमी नगरपालिकामा एमालेका मदनसुन्दर श्रेष्ठ, चाँगुनारायणमा एमालेकै सोमप्रसाद मिश्र तथा सूर्यविनायक नगरपालिकामा एमालेकै बासुदेव थापा विजयी भए ।

    कांग्रेसले एउटा पनि नगरपालिकामा प्रमुख जितेन । मध्यपुरथिमीमा प्रमुखबाहेक सबै जनप्रतिनिधि कांग्रेसका निर्वाचित भए । भक्तपुर एमाले अध्यक्ष केपी ओली र सो पार्टीका सांसद महेश बस्नेतको जिल्ला पनि हो ।

    त्यसैले अलि अलि त्यसको प्रभाव पर्दै आएको छ । तर, यसपटक भने कांग्रेस एकजुट भएर लागेको छ । कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा फेरि दोहोरिएका छन् ।

    अघिल्लो पटकभन्दा उनले यसपटक संगठन निर्माणमा निकै मेहनत गरेका छन् । उनले चारवटै स्थानीय तहमा कांग्रेसको कार्यसमिति चयन गरिसकेका छन् ।

    जसअनुसार भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुंगेल छन् ।

    भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन्।

    मध्यपुरथिमि नगर सभापति प्रजापति नेतृत्वका उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन् ।

    यसैगरी चाँगुनारायण नगर सभापति केसी नेतृत्वका उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भएका छन् ।

    सूर्यविनायक नगर ढुङ्गेलका नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी भएका छन्।

    आगामी निर्वाचनमा पनि यिनै नगरपालिका प्रमुख उपप्रमुखका दाबेदार हुने धेरै सम्भावना छ । भक्तपुरको प्रतिनिधिसभा क्षेत्र २ मा कांग्रेसले जित्दै आएकोमा गत निर्वाचनमा एमालेका महेश बस्नेत विजयी भए ।

    तर, उनको कार्यशैली र दम्भका कारण उनलाई यसपटक सजिलो भने छैन । भक्तपुरमा कांग्रेस जहिल्यै पनि आन्तरिक बेमेल र अन्तर्घातका कारण आफैं पराजित बन्दै आएको छ । तर, यसपटक त्यस्तो देखिएको छैन । जसरी पनि सर्वसम्मत उम्मेदवार छान्ने तयारीमा सभापति दुर्लभ थापा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend