काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए।
बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी र त्यसमा सोधिएको स्पष्टीकरण, उजुरी फर्छ्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समिति वा आयोगमा पठाउन पनि निर्देश गरेको छ।
आयोगले आफ्नो कार्यक्षेत्रभित्रका स्थानमा उम्मेदवार र दलले अस्वभाविक गतिविधि, भोज भतेर गरेको वा हातहतियार वा निषेधित सामान लिई हिँडेको र शान्ति भंगको प्रयास भएको पाए निगरानी राखेर तत्काल जानकारी गराउन पनि भनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।