बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

फास्ट ट्याक निर्माणमा भयो यस्तो चलखेल, प्रस्ताव अस्विकार भएको चिनियाँ कम्पनीले हत्यायो ठेक्का

फास्ट ट्याक निर्माणमा भयो यस्तो चलखेल, प्रस्ताव अस्विकार भएको चिनियाँ कम्पनीले हत्यायो ठेक्का

  • मिडिया डबली
  • आइतवार, कार्तिक २७ २०७९

  • 2.8K
    SHARES

  • फास्ट ट्याक निर्माणमा भयो यस्तो चलखेल, प्रस्ताव अस्विकार भएको चिनियाँ कम्पनीले हत्यायो ठेक्का

    काठमाडौं– नेपाली सेनाले प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीलाई काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेजको ठेक्का दिएको छ। 

    प्याकेज ६ का लागि ग्लोबल टेन्डर आह्वान हुँदा सुरुमा सेनाले छनोट गरेका कम्पनीमा नरहेको चाइना फस्ट हाइवे कम्पनीले सोही प्याकेज निर्माणको ठेक्का पाएको छ।  प्याकेज ६ का लागि सेनाले जेठ १८ गते टेन्डर आह्वानमा१२ कम्पनीले प्रस्ताव पेस गरेका थिए। सेनाले १६ भदौमा प्राविधिक प्रस्तावमा पास भएका पाँचवटा कम्पनीलाई भदौ ३१ गते वित्तीय प्रस्ताव खुला गर्ने भन्दै सहभागिताका लागि चिठी लेख्यो।

    तर, एक दिनअघि ३० भदौमा सेनाले सबै कम्पनीहरूलाई चिठी लेखेर भने पनि उक्त प्रस्ताव खुला गर्ने मिति पछि सर्‍यो। प्राविधिक प्रस्ताव अस्वीकृत भएको चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले अन्याय भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो। उसैलाई पछि, सेनाले प्याकेज ६ को जिम्मा दिएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २७ २०७९१२:२९:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend