सप्तरी- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएको छ ।
राष्ट्रिय एकता अभियानले उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहादविरुद्ध प्रदर्शन भएको गरेको हो । प्रदर्शनको क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा मधेशमा जिहादी गतिविधिलाई बढाव दिन भित्रभित्रै खेल खेलिरहेको आरोप लगाए।
उनले भने, ‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्राभिभै ठुलो चुनौती सिर्जना गरेको छ, भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको छ।’
उनले उपेन्द्र यादव तथा लालबाबु राउत जस्ता दलालका कारण नेपालमा राजनीतिक संरक्षणको बलमा जिहादी गतिविधि बढिरहेको बताए । उनका अनुसार नेपालमा बढिरहेको जिहादी गतिविधि आम मानिसको कल्पनाभन्दा बाहिर छ ।
उनले तराई मधेश जिहादको निशानामा रहेको बताए । उनले भने, ‘उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा राष्ट्र र समाजको लागि क्यान्सर जस्तो रहेको जिहाद गतिविधि बढिरहेको छ।’
जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको उनले बताए । उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएको बताए ।
धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल समेत गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।