रौतहट- पाँचदलीय सत्तारुढ गठबन्धनलाई अन्तिममा धोका दिएर एमाले कित्तामा पुगेका जसपा उपेन्द्र यादवलाई धमाधम पार्टीका नेताहरूले छाड्न थालेका छन् ।
पहिलेका सांसद उमाशंकर अरगरियादेखि इकवाल मियाँसम्म एमाले प्रवेश गरिसकेका छन् । भएका नेताहरू पनि असन्तुष्ट देखिएका छन् । पार्टीमा यादव समुदायको बोलवाला कायम राखेपछि उपेन्द्रलाई साथ दिने घट्दै गएका हुन् ।
पछिल्लो समय जसपाका नेताहरू घमाधम कांग्रेसका उम्मेदवारहरूका लागि भोट माग्न थालेका छन् । रौतहट २ (ख) का जसपा उम्मेदवार रामकिशोर यादव एमाले–जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साहका लागि नभई सता गठबन्धनका कांग्रेस उम्मेदवार महम्द फिर्दोस आलम जिताउन सक्रिय भएका छन् ।
जसपाबाट गरुडा नगरपालिका मेयरका प्रत्यासी अनिल यादवले रौतहट ३ (ख) का कांग्रेस उम्मेदवार जितेन्द्र यादवका लागि भोट माग्न थालेका छन् । जसपाले एमालेलाई सघाउनैपर्ने सर्त भएको गठबन्धनमा जसपाका नेताहरूले कांग्रेसलाई सघाउन थालेपछि एमाले पंक्ति रुष्ट बनेको छ।
जसको प्रत्यक्ष असर सप्तरी २ मा चुनाव लडिरहेका जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवमाथि देखिएको छ। जसपाका प्रदेशसभा र मेयरकै उम्मेदवारहरू विभिन्न क्षेत्रहरूमा कांग्रेसलाई सघाउन थालेपछि एमालेका कार्यकर्तामाझ उपेन्द्रलाई किन भोट हाल्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।