आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सबै शीर्ष नेता सुरक्षित हुँदा उपेन्द्र यादवलाई पराजयको डर, १२ हजार मतले पछि

सबै शीर्ष नेता सुरक्षित हुँदा उपेन्द्र यादवलाई पराजयको डर, १२ हजार मतले पछि

  • मिडिया डबली
  • बुधवार, कार्तिक २३ २०७९

  • 3.5K
    SHARES

  • सबै शीर्ष नेता सुरक्षित हुँदा उपेन्द्र यादवलाई पराजयको डर, १२ हजार मतले पछि

    काठमाडौं- आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलका सबै शीर्ष नेता सुरक्षित देखिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कडा टक्कर दिने कोही प्रतिस्पर्धी देखिएका छैनन् ।

    एमालेले त आफ्नो उम्मेदवार नै फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी ओली झापा ५ मा सुरक्षित नै छन् । उनी १० हजार मतले गठबन्धनका उम्मेदवारभन्दा अघि छन् । माओवादी अध्यक्ष प्रचण्डको पक्षमा गठबन्धनको ५० हजार मत छ । एमालेका उम्मेदवार अब्दुस मियाँको साढे ६ हजार मत छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सजिलै चुनाव जित्ने देखिएको छ ।

    तर, मधेस आन्दोलनको विरासत बोकेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई भने पराजयको डर देखिएको छ । अन्तिम समयमा सत्तागठबन्धनको साथ छाडेर एमाले कित्तामा गएका उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी २ मा लोसपाका जयप्रकाश ठाकुर धेरै बलियो छन् । स्थानीय तहको मतपरिणामअनुसार ठाकुर सहज अवस्थामा छन् । ठाकुरलाई सत्तारूढ कांग्रेस र माओवादीको समर्थन छ । यो निर्वाचन क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि उम्मेदवार छन् ।

    गत स्थानीय तहको निर्वाचनमा जसपाले १४ हजार ४०३ र एमालेले पाँच हजार ९५१ मत पाएको छ । कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार २५४, माओवादीले नौ हजार ५३१, एकीकृत समाजवादीले दुई हजार ४०८ र जनमत पार्टीले चार हजार ५४४ मत पाएका छन् । जसअनुसार सत्तागठबन्धनको मत ३२ हजार ९८८ छ भने एमाले–जसपा गठबन्धनसँग २० हजार ३५४ मत छ । 

    लोसपा अध्यक्ष महन्थ ठाकुरसमेत सत्तागठबन्धनको साथ पाएर चुनाव जित्ने अवस्थामा रहँदा उपेन्द्र भने आफ्नै बुद्धिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित नहुन पनि सक्छन् । यदि गठबन्धनको मत सबै लोसपाका उम्मेदवार ठाकुरको पक्षमा गएमा उपेन्द्र संसदबाट बाहिरिने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend