काठमाडौँ- ललितपुर १ (ख) का उम्मेदवार चेतनाथ सञ्जेलका भतिजसहित १० जना एमाले कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । बागमती गाउँपालिका–५ इकुडोल वडा कमिटी उपसचिव सुमन संजेल, युथफोर्स क्षेत्रीय सदस्य सरोज तामाङ, युथफोर्स गाउँ कमिटी अध्यक्ष अजय तामाङलगाएत १० जना कांग्रेस प्रवेश गरेका हुन्।
उनीहरुलाई सोमबार कांग्रेसका प्रदेश उम्मेदवार मीनकृष्ण महर्जनले माला र टीका लगाएर कांग्रेस प्रवेश गराए । उनले चेतनाथ संजेल आफ्नो काका भए पनि चुनाव जितेपछि गाउँ नै नफर्केको बताए । ‘जनतालाई विकास निर्माणको विषयमा जे जे प्रतिबद्धता गर्नुभएको, त्यो कुनै काम पूरा गर्नुभएन । खाली झुटको खेती गर्ने काम गर्नुभयो । म मीनकृष्ण महर्जनसँग प्रभावित भएर कांग्रेस प्रवेश गरेको हुँ,’ उनले भने ।
संजेलले मीनकृष्णलाई आफूले २० वर्षदेखि राम्रोसँग चिनेको उल्लेख गर्दै उनलाई विकासप्रेमी नेताको संज्ञा दिए । ‘उहाँ विकासप्रेमी नेता हो । उहाँले कसैलाई दुःख पर्दा होस् वा समस्या पर्दा होस्, कुनै विनाहिचकिचाहट सहयोग गर्नुहुन्छ,’ संजेलले भने । उनले प्रदेश ख मा मीनकृष्णको विकल्प नरहेको बताए। मीनकृष्णको जित निश्चिति रहेको स्थानीय बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।