आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गफ होइन काम गर्नेलाई भोट दिनुस्ः कांग्रेस युबा नेता खतिवडा

गफ होइन काम गर्नेलाई भोट दिनुस्ः कांग्रेस युबा नेता खतिवडा

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 2.9K
    SHARES

  • गफ होइन काम गर्नेलाई भोट दिनुस्ः कांग्रेस युबा नेता खतिवडा

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता रामहरि खतिवडाले संसद् हुँदा विघटन गर्ने र हुँदा चल्न नदिनेहरु भोट माग्न आएको बताएका छन्। सुनकोशी गाउँपालिका स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

    ‘ओलीले पश्चगामी राप्रपा लगायतका दलसँग पनि गठबन्धन गरेका छन्। ओलीको भन्दा सबै दृष्टीले यो गठबन्धन अगाडी छ । २०७४ साल देखि यता ओखलढुंगामा एउटा पनि विकासको ठुलो आयोजना आएको छैन । वडा वडामा १० औं करोडका विद्यालय भवन बनेका छन्,’ उनले भने ।

    उनले आफ्नै पहलमा ओखलढुंगालाई भूकम्प प्रभावित १३ जिल्लामा ओखलढुंगाको नाम समावेश गरेको बताए। उनले २७ हजार भन्दा बढि निजी घर बनाउन प्रतिघर ३ लाख अनुदान प्राप्त भएको बताए। उनले आफ्ना कुरा केन्द्रमा राख्न सक्ने र काम गर्न सक्ने नेतालाई चुन्न मतदातालाई आग्रह समेत गरे।

    ‘जनताको वीचमा एउटा कुरा बोल्ने संसदमा जाँदा अर्को कुरा गरेको साथीहरु देखेका छौं। साथीहरु रेल घरघरमा ग्यास पाइप र पानी जाहाजका कुरा गर्दछन। रेल कता गयो घर घरमा ग्यासको पाइप आयो आएन, पानी जहाज आएको थाहा छैन्,’ उनले भने, ‘हामी नहुने कुरा बोल्दैनौं।

    बोलेको कुरा पुरा गरेर छाड्छौं। हामीले ६५ बर्ष माथीका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने घोषण गरेका थियौं। यो पटक ६८ माथीका लागि भत्ता दिन शुरु भएको छ। केपी ओली आफैले यसको विरोध गरिरहेका छन्। हामीले संकल्प पत्रमा ६५ बर्ष माथीका जेष्ठ नागरिक भत्ता आगमी बर्षबाट पुरा गर्नेछौ । सुत्केरी महिलालाई ५ हजार दिने पद्धती शुरु गरेका छौं।

    २५ जिल्लाबाट विस्तार गरी आगमी बर्ष यो जिल्लामा पनि लागु गराउँछौं। ७३ बर्ष पुगेका जेष्ठ नागरिक र ३ बर्ष मुनीका बालबालिकाहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाउन यो गठबन्धनलाई जिताउनुस्।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend