आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोहनबहादुर बस्नेतले हाने एमालेलाई झटारो, शेरबहादुर तामाङलाई झट्का! 

मोहनबहादुर बस्नेतले हाने एमालेलाई झटारो, शेरबहादुर तामाङलाई झट्का! 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ३ २०७९

  • 3.2K
    SHARES

  • मोहनबहादुर बस्नेतले हाने एमालेलाई झटारो, शेरबहादुर तामाङलाई झट्का! 

    काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ का उम्मेदवार मोहनबहादुर बस्नेतले आगामी निर्वाचन संविधानको रक्षा गर्ने र भत्काउनेबीचको लडाइँ भएको बताएका छन् ।

    सिन्धुपाल्चोकका गठबन्धन उम्मेदवार र काठमाडौंमा बस्ने नेता कार्यकर्ताबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको उत्साहले आफूहरुले चुनाव जितिसकेको जस्तै भएको बताएका हुन् ।

    उनले सिन्धुपाल्चोक १ मा कांग्रेसलाई आफूले स्थापित गरेको दाबी गरे । नेता बस्नेतले भने, ‘दुई नम्बर क्षेत्रमा पनि कांग्रेसको खाता खोल्ने भाग्य मलाई नै प्राप्त भयो । त्यसैले मैले यसलाई अवसरको रुपमा लिएको छु। हामीले बोलेको काम ५ वर्षमा पूरा गर्छौं । सिन्धुपाल्चोक २ विकसित बनाउने गरी गठबन्धनको तागत लगाउँछौं । त्यसमा मेरो अहम् भूमिका हुन्छ । हामीले कति हजार मतान्तरले जित्ने भन्नेमात्रै हो । हामीले त्यहीअनुसार लाग्नुपर्छ ।’

    स्थानीय चुनावमा पनि आफू बिरामी हुँदासमेत निरन्तर लागेकै कारणले सिन्धुपाल्चोकमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सफल भएको उनले दाबी गरे ।

    उनले भने, ‘अब एक महिना समय अझै छ । तपाईंहरु कसैले आराम गर्न पाउनुहुन्न । अल्छी गर्न पाउनुहुन्न । मलाईं डेंगु लागेको छ । तर पनि म सबै वडामा पुग्छु ।’

    गठबन्धनका सबै एकजुट भएर चुनावी प्रचारमा लागे जीतलाई कसैले रोक्न नसक्ने नेता बस्नेतको भनाइ छ । ‘गठबन्धनका साथीहरु एकजुट भएर कस्सिएर काममा लाग्यौं र यता हेर्‍यो गठबन्धन उता हेर्‍यो गठबन्धन गर्न सक्यौँ भने भोट गन्ने बेलामा एमाले चार भागमा एक भाग भोट गन्दा नै उठेर हिँड्छन् । त्योसम्म दिन आउँछ । त्यसैले हामी क्रियाशील भएर लाग्नुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ५ २०७९१०:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend