सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चीनलाई खुशी पार्न मधेसीलाई नागरिकता दिन रोक लगाउँदै रघुविर महासेठ 

चीनलाई खुशी पार्न मधेसीलाई नागरिकता दिन रोक लगाउँदै रघुविर महासेठ 

  • मिडिया डबली
  • शनिवार, आश्विन १५ २०७९

  • 2.6K
    SHARES

  • चीनलाई खुशी पार्न मधेसीलाई नागरिकता दिन रोक लगाउँदै रघुविर महासेठ 

    काठमाडौं– नेकपा एमालेका नेता रघुविर महासेठ पछिल्लो समय चीनलाई खुसी पार्ने गरी आफ्ना अभिव्यक्तिहरु दिइरहेका छन्। चीनद्वारा सञ्‍चालित नेकपा एमालेका नेता रहेका महासेठले चीनलाई खुसी  पार्नकै लागि नागरिकतासम्बन्धी विधेयकको विरोध गरेका हुन्। 

    उनले मधेसी जनतालाई नागरिकता दिन नहुने अभिव्यक्ति दिँदै आएका छन्। महासेठले एक कार्यक्रममा एक हातमा सिन्दूर र अर्कोमा नागरिकता सम्भव नभएको बताए। उनले भनेका छन्, ‘एक हातमा सिन्दुर और दुसर हातमे नागरिकता, ए, सम्भव नाहै जनसमुदाय।’ 

    चीनको दबाबमा नेकपा एमालेले पहल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई रोकेको स्पष्ट नै छ। राष्ट्रपति भण्डारीले यसअघि ओलीले ल्याएको अध्यादेशलाई आँखा चिम्लेर सदर गरेको भए पनि अहिले भने चिनियाँ दबाबमा यसलाई रोक्दै असंवैधानिक कदम चालेकी छन्। 

    यसअघि ओली सरकारले ल्याएको अध्यादेशो पक्षमा बोलेका महासेठ अहिले चीनतर्फ फर्किँदै सोही अध्यादेश हुबहु आए पनि त्यसको विरोध गरिरहेका छन्। उनी निकटका नेताहरुले नै महासेठ कुनै नेता नभएर व्यापारी भएको तर्क गर्दै आएका छन्। 

    एमालेकै एक नेताले भने, ‘खासमा रघुवीर महासेठजी राजनीतिक व्यक्तिभन्दा पनि व्यापारी हुनुहुन्छ। उहाँ मधेशमा खासै जनाधार भएका नेता होइन। तर पनि मधेसमा चीनको वकालत गर्ने नेता एमालेलाई चाहिएकोले उनलाई एमालेमा मधेस प्रदेशको ईन्चार्च तोकिएको छ।’

    उनले चीनको रूचीअनुसार मधेशमा काम गर्ने प्रतिबद्धता जनाएपछि एमालेभित्रका चिनियाँ लविङका नेताहरूले उनलाई मधेश प्रदेशको ईन्चार्च बनाएका ती नेताको तर्क छ। आफूले पाएको इन्चार्जको बदलास्वरुप चीनलाई खुसी पार्नका लागि नागरिकता विधेयकको विरोधमा उत्रिएका हुन्।ु

    महासेठमाथि ईन्चार्ज भएपछि उनले एमालेलाई मधेसी व्यापारीकरण गरेको आरोप लाग्दै आएको छ। उनले स्थानीय निकायको टिकट र समानुपातिकको बन्दसूचीमा व्यापाक व्यापार गरेको र ठूलो रकम उठाएर नेकपा एमाले अध्यक्ष ओलीलाई बुझाएको आरोप लागेको छ। 

    एमालेकै केही नेताहरुले सांसद पद बिक्री गर्दै पैसा कमाएको, मधेसमा एमालेलाई चीनको पोल्टामा पारेको र परिवारवादमा रमाएको भन्दै उनलाई हटाउन पार्टीभित्रै दबाब सिर्जना गरेका छन्। तर, ओली भने चीन समर्थित नेता महासेठप्रति सकारात्मक नै रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend