बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एमालेका वडा सदस्य र सामुदायिक वनका अध्यक्ष नै काठ तस्करीमा !

एमालेका वडा सदस्य र सामुदायिक वनका अध्यक्ष नै काठ तस्करीमा !

  • मिडिया डबली
  • सोमवार, आश्विन १० २०७९

  • 5.5K
    SHARES

  • एमालेका वडा सदस्य र सामुदायिक वनका अध्यक्ष नै काठ तस्करीमा !

    काठमाडौं - मोरङको केराबारी गाउँपालिकामा जनप्रतिनिधि नै काठ तस्करमा लागेको खुलेको छ ।

    केराबारी गाउँपालिका–८ मा इन्द्रबहादुर खतिवडाले दिनदहाडै काँचो कर्माको रुख काटी टुना बनाइराखेको अवस्थामा सशस्त्र प्रहरी र स्थानीय सब डिभिजन वन कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले तीनवटा टुना र चिरान गरेको काठ बरामद गरेको हो ।

    वडा सदस्य दिलबहादुर राईको घर पछाडिबाट एउटा सालको टुना बरामद गरेको र चिरान गरेको काठ नियन्त्रणमा लिएको छ। उनी एमालेबाट निर्वाचित वडा सदस्य हुन् । राईको घरबाट बरामद गरेको काठको मुचुल्का उठाउँदा सशस्त्र प्रहरीले बेवारिसे भनी उल्लेख गरेको छ ।

    तर जनप्रतिनिधिकै घरबाट उठाएको काठ कसरी बेवारिसे भयो भन्दै गाउँवासी आक्रोशित भएका छन् । राईलाई बचाउन प्रहरीले काठ बेवारिसे भएको उल्लेख गरेको हुनसक्ने आशंका गरिएको छ ।

    खतिवडाको साँधमा आम्जुगी सामुदायिक वनका अध्यक्ष जितबहादुर बस्नेतको बाख्रा फर्म रहेको छ । बस्नेतको बाख्रा फार्ममा पहिला पनि कर्माको रुख काटेर तस्करी हुने गरेको खुलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १० २०७९०३:२८:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend