आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनले गरे १ लाख बराबरको खेलकुद सामाग्री प्रदान

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनले गरे १ लाख बराबरको खेलकुद सामाग्री प्रदान

  • मिडिया डबली
  • सोमवार, आश्विन १० २०७९

  • 2.7K
    SHARES

  • नेपाली कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनले गरे १ लाख बराबरको खेलकुद सामाग्री प्रदान

    काठमाडौं– नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले वागमती गाउँपालिका–३ स्थित सातकन्या आधारभूत विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेका छन्।

    ललितपुर जिल्ला खेलकुद बिकास समिती अध्यक्ष तथा किकबक्सिङ खेलका पूर्व राष्ट्रिय च्याम्पियन बिनोद महर्जनद्वारा उपलब्ध गराइएको खेल सामाग्री महर्जनले वितरण गरेका हुन्। विनोद नेता मीनकृष्ण महर्जनका चेला हुन्।

    विनोदले ललितपुर जिल्ला खेलकुद मार्फत क्यारिम बोर्ड ५ थान, फुटबल १० वटा, भलिबल १० वटा, ब्याटमिन्टन ६ सेट लगायत झण्डै १ लाख बराबरको खेलकुद सामाग्री प्रदान गरेका थिए।

    नेता महर्जनले मन्तव्य दिने क्रममा बिद्यालय पढाईका साथै खेलकुद पनि आवश्यकता रहेको बताए। खेलकुदले शरीर स्वस्थ बनाउनुका साथै दिमाग फ्रेस बनाउने र त्यसले गर्दा पढाईमा ध्यान जाने भएकाले बिद्यालय खेलकुद आवश्यकता भएकै कारण खेलकुद सामाग्री उपलब्ध गराएको नेता महर्जनले बताए।

    नेता महर्जनले यस्ता उदाहरणिय काम हरेक वडा वडामा गर्दै आईरहेका छन्। कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महर्जन, नेपाली कांग्रेसका युवानेता बिष्णु तिमल्सिना, जिल्ला समन्वय समिती सदस्य दिनेश घोरासाईने, वडा अध्यक्ष नबराज खड्का, नेवि संघका नेता राज लामा श्याम लामा लगायतको उपस्थित रहेको थियो।

    कार्यक्रममा समाजसेवी गोकुल देशारले बिपन्न एक परिवारलाई १० हजार रुपैयाँ प्रदान गरेका थिए। सातकन्या स्कुल संचालक समिती अध्यक्ष गोविन्द दाहालको सभापतित्व कार्यक्रम सप्पन्न भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend