काठमाडौं - नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन सम्मानित भएका छन् ।
कांग्रेस केन्द्रीय खेलकुद विभाग पूर्वसचिव, राष्ट्रिय खेलकुद परिषद्का पूर्बकोषाध्यक्ष एवं करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी महर्जन गोदावरी नगरपालिका वडा नम्बर ६ र जनचेतना युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको ललितपुर जिल्लाब्यापी खुल्ला फुटबल प्रतियोगितामा कदर पत्रसहित सम्मानित भएका हुन् ।
फुटबल प्रतियोगिताको उदघाटन पूर्बअर्थराज्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले गरेका थिए। राणाले नेता महर्जनको प्रशंसा गर्दै अब बन्ने कांग्रेसको सरकारले खेलकुदलाई पहिलो प्राथमिकता राख्न आफूले पहल गर्ने बताए।
उनले खेलाडीहरुको जीवनस्तर उन्नतिका लागि आफू लागिपर्नेसमेत बताए। कार्यक्रमको विशेष अतिथि ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष विनोद महर्जन, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँल, कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सभापति सुन्दरमान थिङ, वडाध्यक्ष विष्णुमान महर्जन थिए।
प्रतियोगितामा ३२ वटा टिम सहभागी छन् । पहिलो खेलमा गोदावरी नगरपालिकाको ज्ञानकुन्ज क्लब लेलेले कोन्ज्योसोम गाउँपालिका भारदेउ क्ल्बलाई एकका विरुद्ध पाँच गोलले पराजित गरेको छ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।