आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआइसी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको आकर्षक छुट अफर

एनआइसी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको आकर्षक छुट अफर

  • मिडिया डबली
  • आइतवार, बैशाख ११ २०७९

  • 2.3K
    SHARES

  • एनआइसी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको आकर्षक छुट अफर

    काठमाडौँ- एनआइसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार रुपैयाँसम्म छुट दिने भएको छ ।

    ग्राहकले दराज, ग्यापु, सस्तोडिल, भोजमाण्डु, फूड बाइट, युजी बजार, खानपीन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा छुट पाउनेछन् ।

    यस्तै ट्याक्सीमाण्डु, यती एयरलाइन्स, सोनी लाइभ, अल्ट बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईसी एसिया मोबैंक मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

    यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस वा इमेल मार्फत ती मर्चेन्टहरूले दिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

    बैंकले पठाएको प्रोमो कोड वा डिस्काउन्ट लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू बैंकले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ९ २०७९११:२४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend