आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआइसी एशिया बैंकको खातामा अब भीसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआइसी एशिया बैंकको खातामा अब भीसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 2.9K
    SHARES

  • एनआइसी एशिया बैंकको खातामा अब भीसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

    काठमाडौँ- एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवा शुरू भएको छ । यस बैंकले भिजा इन्टरनेसनलसँग सहकार्य गर्दै नयाँ सेवाको शुरूवात गरेको हो ।

    अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिनेछ ।

    यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिजा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

    त्यसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशी महानुभावहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिजा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सकिने बैंकले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ९ २०७९११:२४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend