आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआइसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई बुझायो २० लाख रुपैयाँ

एनआइसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई बुझायो २० लाख रुपैयाँ

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 2.3K
    SHARES

  • एनआइसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई बुझायो २० लाख रुपैयाँ

    काठमाडौँ- एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकहरुलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ ।

    यस बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।

    बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ६० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३१ लाख गरी कुल रू. ६ करोड ६१ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ९ २०७९११:२४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend