सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सभामुख सापकोटाले चीनसँग गरे ६ बुँदे सहमति, के छ सहमति पत्रमा? 

सभामुख सापकोटाले चीनसँग गरे ६ बुँदे सहमति, के छ सहमति पत्रमा? 

  • मिडिया डबली
  • सोमवार, भाद्र २७ २०७९

  • 5.0K
    SHARES

  • सभामुख सापकोटाले चीनसँग गरे ६ बुँदे सहमति, के छ सहमति पत्रमा? 

    काठमाडौं । नेपाल र चीनबीच अन्तर–संसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्‍निप्रसाद सापकोटा र तीन दिने नेपाल भ्रमणका आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि जान्सुबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

    समझदारी पत्रमा दुबै पक्षले राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुर्‍याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर–संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्ने प्रयास गर्ने उल्लेख गरिएको छ। 

    त्यसैगरी समझदारी पत्रको पाँचौं बुँदामा भनिएको छ, ‘दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन सञ्‍चालनसमबन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत समेत दुई राष्ट्रबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछ।’ 

    समझदारीपत्रमा सभामुख सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष लि जान्सुले हस्ताक्षर गरेका छन्। 
    सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ स्थायी समितिका अध्यक्ष ली जान्सुबीच सोमबार साँझ नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा शिष्टाचार भेटवार्ता भएको छ। संसद्‍ सचिवालयका अनुसार संसद्‍ भवनमा अध्यक्ष लीलाई सभामुख सापकोटाले स्वागत गरेका थिए। त्यसपछि दुई जना बीचमा शिष्टाचार भेटवार्ता भएको हो।

    चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए। नेपालको चार दिने भ्रमणमा आएका लीको भेटवार्ता सभामुख सापकोटासँगको भेटसँगै सुरुआत भएको हो।

    भेटका क्रममा दुई मुलुकको संसद् र यसबारे कामकारबाहीबारे विचार आदानप्रदान भएको बताइएको छ। सोमबार सभामुख सापकोटाले चिनियाँ समकक्षी लि बस्‍ने होटल सोल्टीमा रात्रिभोज दिने कार्यक्रम छ। 

    भ्रमणका क्रममा चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend