ललितपुर- नेपाली कांग्रेसका लोकप्रिय युवा मीनकृष्ण महर्जन श्री बज्रबाराही रामायण भजन मण्डल समितिको २४औं वार्षिकोत्सवमा सहभागी भएर शुभकामना दिएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँस्थित बज्रबाराही मन्दिरमा आइतबार समितिको २४औं वार्षिकोत्सव विशेष कार्यक्रम गरेर मनाइएको हो ।
वार्षिकोत्सवका केक काटेर एकआपसमा खुवाएर मनाइएको छ । कांग्रेस नेता महर्जनलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले केक खुवाइदिएका थिए ।
नेता महर्जनले धर्म र संस्कृतिको संरक्षणले नेपाली समाज मिलेर बस्ने बताए । नेता महर्जन ललितपुरको हरेक जस्तो धार्मिक र सामाजिक कार्यक्रमहरूमा सहभागी हुन्छन् ।
कार्यक्रममा सहभागी भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामी धर्म र संस्कृतिले धनी छौँ । यसको संरक्षणा गर्दा हामी धनी हुन सक्छौँ । धर्म र संस्कृतिलाई जसले संरक्षण गर्न सक्दैन त्यो देशको विकास असम्भव रहन्छ ।’
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उप–मेयर मुना अधिकारी, श्री बज्रबाराही रामायण भजन मण्डल समितिका अध्यक्ष सञ्जयदिगम महर्जन, गोदावरी नगरपालिकाको वडा नं. १०का वडाध्यक्ष शेखर न्यौपाने, नेविसंघका क्षेत्रीय अध्यक्ष विवेक आचार्य, कांग्रेसका युवा नेता दीपक घिमिरे ‘समिर’, नेतृ उमा विशुंखे, राममाया नेपाली, विना मगर, नेता पुरुषोत्तम पौडेल, सुरज श्रेष्ठ, उमेशमेयर कायस्थ लगायतको उपस्थिति रहेको थियो ।
युवा नेता महर्जन ललितपुर क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख’बाट कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा छन् । महर्जनले आफूलाई निर्वाचन केन्द्रित बनाइसकेका छन् । कांग्रेसलाई जिताउने गरेर महर्जनले अभियान चलाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।