सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

कांग्रेस नेता खतिवडाको गर्जनले ओखलढुंगा एमालेमा सन्नाटा

कांग्रेस नेता खतिवडाको गर्जनले ओखलढुंगा एमालेमा सन्नाटा

  • मिडिया डबली
  • आइतवार, भाद्र २६ २०७९

  • 5.7K
    SHARES

  • कांग्रेस नेता खतिवडाको गर्जनले ओखलढुंगा एमालेमा सन्नाटा

    ओखलढुंगा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टले जिल्लाको विकास गर्नुभन्दा पिङको उद्घाटन गरेर ५ वर्षको समय विताएको जानकारी दिएका थिए। यहि गर्जनले ओखलढुंगा एमालेमा सन्नाटा छाएको बताइएको छ ।

    शुक्रबार सिद्धिचरण नगरपालिकामा ओखलढुंगा कांग्रेसले गरेको कार्यक्रममा खतिवडाले ओखलढुंगाका सांसदको काम ५ वर्षसम्म हरेक नयाँ सीडीओ आउँदा मोलुङ्गको बाटो देखाउन र पिङ उद्घाटन गर्न बाहेक केही नगरेको बताएका थिए।

    नेता खतिवडाले वीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनबाट निर्वाचित प्रधानमन्त्री रहेको बताएका थिए। उनले वीपी कोइराला बिलक्षण गुण भएको एउटा मात्र नेता राज नेता रहेको बताएका छन् ।

    वीपी र राजाबीच कुरा नमिलेपछि वीपी भारतमा गएर बसेको उनले बताए । जब भारतीय नेताहरूले नेपाल र नेपालीको लागि ‘कु’ भलो चितावन थालेपछि वीपी स्वदेश फर्किएको खतिवडालेजानकारी दिएका थिए ।

    उक्त कार्यक्रममा खतिवडाले देश र जनताको लागि मेरो घाँटी तल र राजाको घाँटीमाथी हुनेछ भनेर देश फर्किएर लोकतन्त्रको रक्षा गर्नुभयो बताएका छन् ।

    अहिलेको गठबन्धनको एउटै लक्ष्य भनेको २०७९ सालको निर्वाचनमा कांग्रेसका सबै साथीहरू एकबद्द भएर पहिलो र प्रिया पार्टी बनाउने रहेको उनले बताएका छन् । उनले अर्को चुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने बताए ।

    उनले भने, ‘स्थानीय तह जितेर मात्र नहुने रहेछ संघ र प्रदेश हार्दा हामीले सुरुवात गरेको मोलुङ एकवार, लिखु र दुधकोशी एकवार बाटो र साँघुटार–घोराखरी कालोपत्रे जस्ता जिल्लको गौरवको योजनाहरू रोकिएको छ ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बल्ल मोलुङ एकवार बाटोको टेन्डर भएको नेता खतिवडाले बताएका छन् । ‘धुपौरे, दाता र नाताहरूलाई मात्र साथ लिएर हिँड्दा २ तिहाईको कम्युनिस्ट सरकार घार्लामघुर्लुम ढलेर चौबाटोमा लगेर फालेका छन्’, उनले भनेका छन् ।

    ‘त्यो फालिएको सरकारलाई हामीले सम्हालेर देशमा लोकतन्त्रलाई बचाउनु पर्ने जिम्मा समेत रहेको छ’, उनले भनेका छन् । ओखलढुंगाबाट जितेको सांसदले रुम्जाटारबाट हलेसी जोड्ने केवलकार जोड्छौं भनेर सपना देखाएको बताएका खतिवडाले भने, ‘हाम्रो सांसदको हरेक पटक गाउँमा आउँदा नयाँ कुरा उट्पट्याङ सुन्न पाइन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend