काठमाडौं - ईन्द्र जात्रा पर्वको अवसरमा ललितपुरको गोदावरी नगरपालिकास्थित चापागाउँको प्याङगाउँमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
प्याङगाउँमा हरेक वर्ष हुँदै आएको उक्त साँस्कृतिक कार्यक्रम कोरोनाका कारण २ वर्षसम्म भएन । यस वर्ष भने चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथ भब्य रुपमा सम्पन्न भएको छ हो ।
उक्त कार्यक्रममा चर्चित गायक र गायिकाहरूले प्रस्तुति दिएका थिए। गायक प्रमोद खरेल, गायिकाहरू निशा देशार, सृजना खत्रीलगायतले विशेष प्रस्तुति दिएका हुन्। र्यापर ‘म्लह’ र स्थानीय कलाकारहरूको प्रस्तुतिमा हजारौं दर्शकहरूले मनोरञ्जन गरेका छन् । प्याङगाउँ सँस्कृति सम्पदा युवा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् नेपाली कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाकी उप–प्रमुख मुना अधिकारी रहेका थिए ।
अतिथिहरूमा कोञ्ज्योसोम गाउँपालिकाका प्रमुख कृष्णमान लामा, गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवाल, वडाध्यक्ष मथुरा शर्मा, मनोहर सिलवाल, सानुभाई पहरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
साँस्कृतिक कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकास्थित चापागाउँ, प्याङगाउँको पहिचान गराउन उल्लेखनीय योगदान गरेको बताए । उनले नेता मीनकृष्ण महर्जनको उल्लेखनीय योगदान रहेको भन्दै निकै प्रशंसा गरेका छन् ।
नेता मीनकृष्ण महर्जनले प्रत्येक वर्ष नाम चलेका राष्ट्रिय कलाकार ल्याएर स्थानीयहरूलाई मनोरञ्जन गराउने कार्य गर्दै आइरहेका छन् । कांग्रेस नेता महर्जन उक्त क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् ।
चर्चित हास्य कलाकार मनोज गजुरेलले पनि पनि प्रस्तुति दिने कार्यक्रम थियो । गजुरेललाई डेँङ्गु भएका कारण उपस्थित हुन सकेनन् । कार्यक्रममको सभापतित्व प्याङगाउँ सँस्कृति सम्पदा युवा समाजका अध्यक्ष सम्पूर्ण महर्जनले गरेका थिए । प्याङगाउँ साँस्कृतिक पुरातात्विक हिसाबले नाम चलेको ठाउँ हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।