आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मधेसमा ठूलो भाग खान सत्ता गठबन्धनसँग ‘डिभोर्स’ गर्दै उपेन्द्र यादव

मधेसमा ठूलो भाग खान सत्ता गठबन्धनसँग ‘डिभोर्स’ गर्दै उपेन्द्र यादव

  • मिडिया डबली
  • आइतवार, भाद्र २६ २०७९

  • 5.2K
    SHARES

  • मधेसमा ठूलो भाग खान सत्ता गठबन्धनसँग ‘डिभोर्स’ गर्दै उपेन्द्र यादव

    काठमाडौं - मधेस प्रदेशमा सिट भागबन्डा गर्न सत्तारुढ गठबन्धनलाई निकै सकस परेको छ । मधेसका आठ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् ।

    त्यति मात्र होइन, समानुपातिक मत पनि मधेसबाटै दलहरूलाई धेरै आउँछ । किनभने मधेसमा मतदाताको संख्या निकै छ । त्यही भएर सबै दलको नजर मधेस प्रदेशमा परेको हो । यतिबेला नेपाली कांग्रेस, जसपा र लोसपाले मधेसलाई आफ्नो जनाधार भएको क्षेत्र भनेका छन् ।

    कांग्रेस स्थानीय निर्वाचनको अंकगणितलाई आधार बनाउन चाहन्छ । मधेसमा कांग्रेस स्थानीय तहमा जस्तै पहिलो शक्ति बन्ने रणनीतिमा छ । स्थानीय निर्वाचनमा मधेसमा जसपा तेस्रो बनेको थियो ।

    एक सय ३६ पालिकामध्ये कांग्रेसले ४६, एमालेले ३०, जसपाले २५, लोसपा १४, माओवादीले नौ, एकीकृत समाजवादीले ६, जनमत पार्टीले दुई तथा तराई मधेस लोकतान्त्रिक पार्टी र विवेकशील साझा पार्टी एक–एक र स्वतन्त्रले दुई पालिकामा जित निकालेका थिए ।

    संगठन र जनाधार बलियो रहेको मधेसमा धेरै सिट पाउनुपर्ने जसपाको अडान छ । तर, धेरै सिट लिएर लोसपालाई पनि सँगै लिएर जाने कांग्रेसको रणनीति छ । मधेसका आठ जिल्लाका ३२ सिटमध्ये जसपा एक्लैले २० सिटमा दाबी गरेको छ ।

    जसपाले अस्वाभाविक दाबी गरेको भन्दै गठबन्धनका अन्य दल यसलाई मान्न तयार छैनन् । गत वैशाखको स्थानीय निर्वाचनमा ठूलो दल भएकाले धेरै सिट आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।

    मधेसमा माओवादीले पाँच (०७४ मा जितेका) र एकीकृत समाजवादीले दुई सिट (०७४ मा एमालेले जितेका) मा नजर राखेका छन् । ०७४ को निर्वाचनमा राजपा १०, संघीय समाजवादी फोरम नौ, कांग्रेस ६, माओवादी पाँच र एमालेले दुई सिट हासिल गरेका थिए ।

    तर, यसबीचमा भएका एकता र विभाजनपछि संसद्मा मधेसको उपस्थितिको अंकगणितमा फेरबदल आएको छ । जसपाका १० सांसदमध्ये हरिनारायण रौनियार निलम्बित छन भने महिन्द्र राय यादव बाबुराम भट्टराईले गठन गरेको नेसपामा गएका छन् ।

    यसबाहेक लोसपाका नौ, कांग्रेसका ६, माओवादीका पाँच र एमालेका दुई सांसद छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सम्मानजनक सिट नभए गठबन्धनको औचित्य नहुने बताएका छन् ।

    ‘प्रतिनिधिसभाका लागि जसपाले आफ्नो दाबी राखेको छ । यसबारे गठबन्धनमा शीर्ष तहमा छलफल चलिरहेको छ । सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धन गर्नुको औचित्य छैन,’ बिहीबार उनले भनेका थिए । कांग्रेस र माओवादी भने जसपालाई १५ सिट दिन चाहन्छन् ।

    कांग्रेससहित गठबन्धनका अन्य दलको दाबीले मधेसमा आफ्नो सिट घट्ने देखिएपछि जसपाले विकल्पमा जानेसम्मको चेतावनी दिएको छ । जसपा अध्यक्ष यादवले गठबन्धन बैठकमा आफ्नो असन्तुष्टि राखिसकेका छन् ।

    उनले सार्वजनिक अभिव्यक्तिमार्फत सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धन गर्नुको औचित्य नरहेको बताएका छन् । त्यही भएर शनिबारको शीर्ष बैठकमा उपेन्द्र उपस्थित नै भएनन् ।

    जसपा स्रोतका अनुसार उपेन्द्र यादव एक्लै चुनावमा जाने मनस्थितिमा छन् । त्यही भएर उनले केही दिनभित्रै बोल्ड डिसिजन लिने तयारी गरेका छन् । यदि उपेन्द्र गठबन्धनबाट अलग भए लोसपासँग कांग्रेसले सहकार्य गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend