आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले लिए एकपछि अर्को एक्सन, कानुन हातमा लिनेको धन र प्रतिष्ठा दुवै गुम्ने

बालेनले लिए एकपछि अर्को एक्सन, कानुन हातमा लिनेको धन र प्रतिष्ठा दुवै गुम्ने

  • मिडिया डबली
  • बिहिवार, भाद्र २३ २०७९

  • 4.3K
    SHARES

  • बालेनले लिए एकपछि अर्को एक्सन, कानुन हातमा लिनेको धन र प्रतिष्ठा दुवै गुम्ने

    काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख बनेको पाँच महिनामै बालेन्द्र साह बालेनले अधूम मचाएका छन् । आजका दिनसम्म कानुनविपरीत सरकारी जग्गा मिच्ने, अवैध संरचना बनाउने, पर्खाल लगाउने, नक्सा पास नगरी भवन बनाउनेमाथि मेयर बालेनले कारबाहीको डण्डा बर्साउन थालेका छन् ।

    उनले अहिलेसम्म जहाँ जहाँ हात हालेका छन्, त्यहाँ त्यहाँ सफलता पाइरहेका छन् । सुरुमा उनले काठमाडौंमा थुप्रिएको फोहोर तह लगाए । त्यसपछि फुटपाथ व्यवस्थित गरे । सँगै अन्डरग्राउन्ड पार्किङमा सफलता पाए । सरकारी जग्गामा बनेका अवैध संरचना हटाए ।

    अब भने उनी सरकारी सीमा मिचेर बनाइएका पर्खाल हटाउने र नक्सा पास नगरी बनाइएका भवन व्यवस्थित गर्नतिर लागेका छन् । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायका भवनको नक्सा ९० दिनभित्र पेस गर्न भनेको छ।

    महानगरपालिकाले मापदण्डअनुसार बनेका, तर नक्सा पास नभएका संरचनाको नक्सा ९० दिनभित्र पेस गरी स्वीकृत–नियमित गर्न भनेको छ।

    ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत–नियमति गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ’, महानगरले बिहीबार जारी गरेको सूचनामा भनिएको छ।

    काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डअनुरुप निर्माण भएका तर, नक्सा पास नगरिएका भवनहरुलाई एक वर्षभित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गर्ने नीति पारित भएको थियो। सोही नीति कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।

    तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णयबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

    महानगरपालिकाको यो एक्सनले कानुन नमान्नेको प्रतिष्ठा र धन दुवै दाउमा लाग्नेछ । बालेनको अहिलेको रफ्तार हेर्दा आगामी पाँच वर्षमा काठमाडौंको नक्सा नै परिवर्तन हुने संकेत देखापरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०९:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend