आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पाँच जिल्लाबाट सिफारिस भएका उपेन्द्र यादव आफैं असुरक्षित

पाँच जिल्लाबाट सिफारिस भएका उपेन्द्र यादव आफैं असुरक्षित

  • मिडिया डबली
  • बुधवार, भाद्र २२ २०७९

  • 3.0K
    SHARES

  • पाँच जिल्लाबाट सिफारिस भएका उपेन्द्र यादव आफैं असुरक्षित

    काठमाडौं - यतिबेला प्रमुख दलका शीर्ष नेताहरू धेरैभन्दा धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ ।

    संविधानमा प्रतिनिधिसभा निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न नपाउने व्यवस्था छ । तर, आफूलाई बलियो र चर्चित बनाउन धेरैभन्दा धेरै निर्वाचन क्षेत्रबाट सिफारिस गराउने लहर नै चलेको छ ।

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबाहेक अन्य शीर्ष नेता धेरै ठाउँबाट सिफारिस भइरहेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन, नवलपरासी, बागलुङबाट सिफारिस भएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौ र रौतहटबाट सिफारिस भएका छन् ।

    तर, सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट सिफारिस हुनेमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । उनको नाम तराईका पाँच जिल्लाबाट सिफारिस भएको छ। धनुषा, सप्तरी, सिरहा, बारा र मोरङका ६ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको चुनावको पार्टीको तल्लो कमिटीले सिफारिस गरेको छ।

    उपेन्द्र यादव मोरङ ५, धनुषा३, बारा २ र ३, सिरहा १ र २ बाट नाम केन्द्रमा पठाइएको छ। जति धेरै जिल्लाबाट सिफारिस भए पनि यसपटक उपेन्द्र यादव निकै असुरक्षित रहेको बताइन्छ । जसपाको संगठन कमजोर हुँदै गएको र मधेस प्रदेश सरकारको बदनामीले उपेन्द्रलाई चुनाव जित्न पनि धौ धौ पर्ने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend