काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ। माओवादी जिल्ला समिति ओखलढुंगाले शनिबार कार्कीलाई मात्र प्रत्यक्षतर्फको चुनावका लागि उम्मेदवार बनाउन सिफारिस गरेको हो।
कार्की यसअघि झापा-१ बाट निर्वाचित भएका थिए। वाम गठबन्धनबाट उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए। शर्मा यतिबेला कांग्रेस महामन्त्री बनेका छन्। शर्माले झापाबाट नै चुनाव लड्ने बताइसकेकाले माओवादीले कार्कीलाई ओखलढुंगाबाट सिफारिस गरेको हो। माओवादी र कांग्रेस अहिले गठबन्धन बनाएर चुनावी मैदानमा जाने निर्णयमा छन्।
कार्की ओखलढुंगाबाट सिफारिस भएपछि महामन्त्री शर्मालाई केही राहत हुने अनुमान गरिएको छ। ओखलढुंगामा कांग्रेसका अर्का नेता रामहरि खतिवडाले पनि दाबी गर्दै आएकाले त्यहाँ पनि को उम्मेदवार हुने भन्ने टुंगो छैन। कार्कीको सर्वसम्मत सिफारिसले शर्मालाई राहत पुग्दा खतिवडालाई भने चुनौती थपिएको छ।
माओवादीले जिल्लाबाट समानुपातिकतर्फ चम्पादेवी कार्की (आशा)लाई सिफारिस गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।