आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शिक्षामन्त्रीलाई नेविसंघले बुझायो २९ बुँदे ज्ञापनपत्र, के छन् माग? 

शिक्षामन्त्रीलाई नेविसंघले बुझायो २९ बुँदे ज्ञापनपत्र, के छन् माग? 

  • मिडिया डबली
  • आइतवार, भाद्र १२ २०७९

  • 2.8K
    SHARES

  • शिक्षामन्त्रीलाई नेविसंघले बुझायो २९ बुँदे ज्ञापनपत्र, के छन् माग? 

    काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
    आइतबार सिंहदरबारमा नेविसंघले समग्र शैक्षिक विकासका लागि केही तत्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

    विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र राखी बिना ब्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वभाविक रुपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासंगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने माग नेवि संघको छ ।


    त्यस्तै, एसईई परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुपर्ने, दैनिक मजदुरी गरेर जीविकोपाजर्न गर्दै आएका अभिभावकहरुको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आफूहरुको माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । उनले शिक्षा क्षेत्रको सुधारका कुरा उठाउँदा आफूहरुमाथि आक्रमण हुने गरेको गुनासो गरे ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा बढेको शुल्कका बिषयमा आफूले सर्वपक्षीय छलफल गर्ने बताए । विद्यार्थीहरुले उठाएका मागहरु सकारात्मक भएको भन्दै विशेष ध्यान दिएर आवश्यक नीति निर्माण गरिने उनले बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend