काठमाडौं - यतिबेला सामाजिक सञ्जाल वा मिडियामा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेन र एमाले सांसद महेश बस्नेतबीच घोचपेच, आरोप प्रत्यारोप सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाएकै दिनदेखि महेश बस्नेत बालेनविरुद्ध आक्रमक भएका हुन् । पार्टी निकट व्यवसायी द्विराज शर्माको अल्फाबिटामा डोजर चलाएपछि अरुभन्दा पनि महेश बस्नेतको घरमा पराकम्प गएको छ ।
जबकि एमालेकै ७० करोड काण्डले चर्चित गोकुल बासकोटाले बालेनको कदमको स्वागत गरेका छन् । उनले काठमाडौं महानगर सुन्दर बनाउने बालेनको कदमको प्रंशसा पनि गरेका छन् । तर महेश बस्नेतले भने निकै ठूलो दम्भ देखाएका छन् ।
अल्फाबिटामा डोजर चलाएकोमा विरोध गरेपछि बालेनले महेश बस्नेतलाई आफ्नो घरको नक्सा पास भएको छ कि छैन भनेर प्रश्न गरे । जवाफमा बस्नेतले आफ्नो घरको नक्सा हेर्न सूर्यविनायक नगरपालिकामा काजमा आउन भन्दै हेलोहेंचो गरे ।
जबकि काठमाडौंको मेयर वरीयतामा १०औं स्थानमा छन् । महानगर प्रमुखमाथि यति भनेर मात्र बस्नेत चुप लागेनन्, सार्वजनिक रूपमै उनले बालेनले धेरै व्यक्तिसँग पैसा उठाएको भनेर चरित्रहत्या पनि गरे । जबकि बालेन भ्रष्टाचार गर्नुपर्ने पृष्ठभूमिका युवा होइनन् भन्ने सबैले थाहा पाइसकेका छन् ।
महेश बस्नेत सांसद अपहरणमा मुछिएका, युथ फोर्समा हुँदा प्रहरीमाथि आगो झोसेर चर्चामा आएका व्यक्ति हुन् । उनी आफूलाई भक्तपुरको डन सम्झिन्छन् । तर, यसपटक उनले बालेनसँगको झगडाले ठूलै घाटा बेहोर्नुपर्ने निश्चित छ ।
किनभने बालेनका समर्थकले आगामी संसदीय निर्वाचनमा महेश बस्नेत हराऊ अभियान गर्ने तयारी गरेका छन् । यो अभियानले महेश बस्नेतले सहरी क्षेत्रका सात–आठ हजार मत गुमाउने बताइन्छ । जुन हारको कारण बन्ने देखिन्छ ।
बस्नेत निर्माण व्यवसायी पनि हुन् । एमालेका अध्यक्ष केपी ओलीको शासनकालमा समानान्तर जेभीले अर्बौको निर्माण योजनाको ठेक्का पाएको थियो ।
जुन ठेकेदार कम्पनीमा महेश बस्नेतको धेरै लगानी रहेको एमाले नेताहरू बताउँछन् । त्यही भएर उनी बालेनविरुद्ध नांगो ढंगले प्रस्तुत भएको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।