काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।
पार्टी स्रोतका अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् । ‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टी स्रोतले भन्यो, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’
ती नेताका अनुसार पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।