आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शशांकले यो क्षेत्रबाट लड्ने भए चुनाव, पल्टाउने भए पासा  !

शशांकले यो क्षेत्रबाट लड्ने भए चुनाव, पल्टाउने भए पासा  !

  • मिडिया डबली
  • आइतवार, श्रावण २२ २०७९

  • 48.5K
    SHARES

  • शशांकले यो क्षेत्रबाट लड्ने भए चुनाव, पल्टाउने भए पासा  !

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी–१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचित भइसकेका कोइरालाले चौथोपटक उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 

    प्रेस युनियनको हालै सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा सम्मान गर्न आयोजित कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको सुनाएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक र विपन्नको जीवनस्तर उकास्न कृषि कार्यक्रम लागू गर्ने प्रतिबद्धता सुनाएका छन्।

    ‘पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन मैले अघि सारेका यी ४ वटा कुरा पूरा गर्न फेरि चौथो पटक उम्मेदवारी दिने निर्णय गरेको छु। नवलपरासीमा लागू गरिने यी योजनाबाट जिल्लाको कायापलट हुन्छ,’ उनले दाबी गरे।

    उनले बीपी अन्तर्राष्ट्रिय खेल मैदानका लागि स्वदेशको बजेटले मात्रै अपुग हुने भएकोले छिमेकी देशका साथीहरुसँग यसबारे छलफल भइरहेको पनि बताए। उनले भने, ‘यो परियोजना नेपाल सरकारको बजेटबाट मात्र सम्भव हुँदैन। त्यसका लागि मेरा भारतीय मित्रहरुसँग कुरा गरेको छु।’ उक्त खेल मैदान निर्माणका लागि अर्थ मन्त्रालयले गैंडाकोट नगरपालिकामा प्रस्ताव गरेर बजेटसमेत विनियोजन गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १ २०७७०९:०१:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend