काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफु सभापति लड्ने घोषणा गरेका छन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा बोल्दै उनले आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सभापति पदमा आफुले मात्र पराजित गर्न सक्ने दाबी गरेका छन् ।
जिल्लाबाट नेता, कार्यकर्ताले सभापतिमा देउवालाई आफुले मात्र हराउन सक्ने भन्दै त्यसका लागि तयार रहन भनिरहेको स्मरण गर्दै उनले आफु सभापति उठने बताएका हुन् ।
‘जिल्ला जिल्लाबाट तपाईं नै लडनुपर्छ भनिरहनुभएको छ । मैले ने लडनुपर्छ । तर, सल्लाह गर्छु सामुहिक रुपमा निर्णय गर्छौ ,’ महामन्त्री कोइरालाले भने, ‘सभापति उठनु मेरो लागि एक किसिमको राजनीतिक बाध्यता हो । पार्टी दुर्दशामा परेको हुनाले पनि यसलाई वीपीको बाटोमा हिँडाउनुपर्छ । ’ उनले पार्टी सभापतिको उमदबार बन्ने विषयमा वरिष्ठ नेता रामचन्द पौडेल, नेता प्रकाशमान सिंह लगायतका सभापतिका सबै आकांक्षीसँग सल्लाह गरेर मात्र निर्णय गर्ने पनि बताए ।
त्यस्तै, उनले कांग्रेस अहिले वीपीले देखाएको बाटोभन्दा पृथक बाटोमा हिँडिरहेको पनि बताए । वीपीले देखाएको बाटोमा का।ग्रेसलाई हिँडाउन आफुसँग प्रष्ट योजना भएको पनि उनले बताए । त्यस्तै, महामन्त्री शशांकले धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान सकिने बताए । ‘
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।