काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको ओम अस्पतालले जनाएको छ । एक्कासि ज्वरो बढेपछि कोइरालालाई मंगलबार राति चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले दिउँसो स्वास्थ्य बुलेटिन सार्वजनिक गर्दै तीनजना चिकित्सक उपचारमा खटिएको उल्लेख गरेको छ । डा.विश्वनाथ कोइराला, डा.सुबोध ढकाल र प्रेमसुन्दर श्रेष्ठ उनको उपचारमा खटिएका छन् ।
अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरेर महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।
उनले अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उपचार गरिरहेको पनि जनाएको छ ।
श्रेष्ठका अनुसार महामन्त्रीको उपचारमा डा. कोइरालासँगै सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्न छ ।
केहि दिन अगाडी कोरोना भाइरसको संक्रमण भएपछि उनि होम आइसोलेसनमै रहेका थिए । तर कोइरालामा एक्कासि ज्वरो बढेपछि आज बिहानै ६ बजे ओम अस्पताल लगिएको थियो । उनीलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।