आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्ट सरकार संकटको बेला जनता जोगाउनु भन्दा कुर्सी जोगाउनतिर लाग्यो : कोइराला

कम्युनिस्ट सरकार संकटको बेला जनता जोगाउनु भन्दा कुर्सी जोगाउनतिर लाग्यो : कोइराला

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 9.7K
    SHARES

  • कम्युनिस्ट सरकार संकटको बेला जनता जोगाउनु भन्दा  कुर्सी जोगाउनतिर लाग्यो : कोइराला

    काठमाडौं- कम्युनिस्ट सरकारले कोरोना माहामारीको बेला देशका लागि कुनै उल्लेख्य कदम चाल्न सकेको छैन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिस्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका हुन् ।

    सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आयोजना गरेको बिपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारले कुर्सी जोगाउन मात्रै कसरत गरेको बताएका हुन् । जनतालाई रेल, पानीजहाजका सपना बाँडेर संकटका वेलामा जनतालाई जोगाउनेभन्दा कुर्सी जोगाउन लागेर आफ्नो चरित्र देखाएको कोइरालाले बताएका छन् ।

    कार्यक्रममा बोल्दै उनले विपी कोइरालाको समाजवादी चिन्तको व्याख्या समेत गरे । गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन रहेको र काँग्रेसले त्यसैलाई आधार मानिरहेको उनले बताएका छन् ।

    कोइरालाले कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आमनेता तथा कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि १४औँ महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०२:३३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend