काठमाडौं - स्थानीय निर्वाचनका बेला काठमाडौं जस्तो थियो अहिले त्योभन्दा एकरति फरक देखिएको छैन ।
चुनावका बेला काठमाडौंका सहरमा फोहोरका थुप्रो जस्तो थियो, अहिले त्यो भन्दा बढी थुप्रिएको छ । घटेको छैन । दुई साताभन्दा बढी समयदेखि फोहोर उठ्या छैन । जनता कोठाको फोहोर सडकमा ल्याएर फालेर बस्या छन् ।
प्रशासन मौन छन् । वडाध्यक्ष जति सबै मेयर बालेन्द्र साह बालेनलाई देखाएर काखी बजाएर बस्या छन् । देशकै राजधानीमा रमिता छ । चुनावअघि बालेनले ठूल्ठूला सपना भने बाँडेका थिएनन् । उनले सहरलाई सफा, सुन्दर र व्यवस्थित गर्छु भनेका थिए ।
उनी अहिले पनि प्रयासरत छन्। तर, गर्न चाहेर पनि उनलाई काम गर्न दिइरहेका छैनन् । दिनको संकेत बिहानीले गर्छ भन्छन् । बालेन साहले सपथ लिएको २०७९ जेठ १६ गतेबाट आज २०७९ साउन २२ गते ७० दिन भयो ।
एक सय दिनसम्मलाई ‘हनिमुन डे’ अर्थात् मधुमास भन्ने गरिन्छ । सय दिनसम्म आलोचना गर्नु त्यति राम्रो पनि मानिन्न । तर अहिलेकै अवस्था रहिरहने हो भने बालेनको ‘हनीमुन डे’ कन्तबिजोग देखिने निश्चित छ ।
जुन युवा पुस्ताका लागि राम्रो संकेत होइन । कुनै पनि पार्टीमा राजनीति नगरी सिधै स्वतन्त्र भएर जितेकाले पनि बालेनलाई काम गर्न चुनौती देखिएको हो । उनलाई सपथ खाएकै दिनदेखि काम गर्न विभिन्न शक्तिले दिइरहेका छैनन् ।
यसबीचमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विभिन्न मन्त्रीहरू सबैलाई भेटेर सहयोग गरिदिन आग्रह गरिसकेका छन् । तर, पनि एउटा मेयरले जसरी काम गर्नुपर्ने हो त्यो देखिएको छैन ।
हुन त उमेरका हिसाबले पनि बालेन अझै परिपक्व हुन सकेका छैनन् राजनीतिमा । सबैभन्दा महत्वपूर्ण कुरा त उनले कोर टिम नै बनाउन सकेका छैनन् । यसले पनि बालेनलाई पाँच वर्षे कार्यकाल पूरा गर्न निकै सकस पर्ने देखिन्छ ।
काठमाडौं संघीय राजधानी सहर हो । अन्य मेयरको तुलनामा काठमाडौंका मेयर वरीयतामा पनि माथि, अपेक्षा र चर्चा पनि बढी नै हुन्छ । त्यसैले अहिले सबैको आँखा बालेनले कस्तो काम गर्छन् भन्नेतिर गएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।