काठमाडौं । मंसिर ४ गते चुनाव घोषणा भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवमा तनाव सुरु भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेपछि उपेन्द्र तनावमा परेका हुन् । राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको जनमत पार्टीले जानकारी दिएका छन् । राउतको घर पनि यही क्षेत्रमा पर्छ।
गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो। सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।
हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले जसपाका उम्मेदवारलाई हराएर मेयर जितेका थिए। यस्तै बलानबिहुल गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई हराउँदै जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादव र रेणु यादव अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन्।
मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा भाग लिएको थियो। यदि उपेन्द्र यादव गठबन्धन नगरी चुनावमा गए पराजित हुने आंकलन गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।