काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल राजनीतिबाट विरक्तिएको बताएका छन् । काठमाडौंमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कहिलेकाहीँ राजनीति नै छाडौँ कि भन्ने लाग्छ भन्दै वाध्यताले मात्रै राजनीतिमा रहेको बताएका हुन् ।
डा। ढाकाराम सापकोटाले लेखेको पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकातादेखि विभाजनसम्म पुस्तक विमोचन कार्यक्रममा निकै भावुक देखिएका अध्यक्ष नेपालले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको बताएका हुन् । ‘कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ । तर परिस्थितिले छाड्न दिएको छैन,’ उनले भने । आगामी चुनाबमा आफू उम्मेदवार बन्नु पर्ने बाध्यता रहेको पनि उनले सुनाए ।
चुनावमा उम्मेदवार नहुँदा डरायो भन्ने बुझाइ हुने भएकाले पनि चुनाव लड्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन चुनाव नलड्दा माधव नेपा डरायो भन्ने प्रभाव पर्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।