आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा आफ्नै मुख्यमन्त्री विरुद्ध नेविसंघ सडकमा, के हो कारण?

गण्डकीमा आफ्नै मुख्यमन्त्री विरुद्ध नेविसंघ सडकमा, के हो कारण?

  • मिडिया डबली
  • बुधवार, श्रावण ११ २०७९

  • 2.8K
    SHARES

  • गण्डकीमा आफ्नै मुख्यमन्त्री विरुद्ध नेविसंघ सडकमा, के हो कारण?

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै उनकै पार्टी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पोखरामा प्रदर्शन गरेको छ ।

    आर्थिक वर्ष २०७९–८० देखि अत्यधिक बढाइएको सवारी कर र जरिवानाको विरोध गर्दै नेविसंघ कास्कीले राष्ट्र बैंक चोकस्थित मुख्यमन्त्री निवासको गेटमा प्रदर्शन गरेको हो ।

    नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले दुई दिनभित्र सवारी कर र जरिवाना फिर्ता नभए गेटमा नभई कोठासम्म पसेर श्रीलंकामा प्रदर्शनकारीले गरेको आन्दोलनको झल्को दिने चेतावनी दिए ।

    उनले आफूहरूले पार्टी हेरेर नभई जनताको एजेन्डाबारे आवाज उठाएको बताए । प्रदर्शनमा सहभागीले जनविरोधी कर फिर्ता गर्, नालायक मुख्यमन्त्री राजीनामा दे, गण्डकी सरकार होसियार, मूल्यवृद्धि मान्दैनौँ, नालायक सरकार मुर्दावाद, लुटेरा सरकार मुर्दावादलगायत नारा लगाएका थिए ।

    गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० अर्थात् साउनदेखि लागू हुने गरी प्रदेश सरकारले सवारी जरिवाना दोब्बर बढाएको हो । सवारी कर पनि १० हजार रुपैयाँसम्म बढेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend