आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले कांग्रेसका यी नेतालाई दिए महत्वपूर्ण जिम्मेवारी

बालेनले कांग्रेसका यी नेतालाई दिए महत्वपूर्ण जिम्मेवारी

  • मिडिया डबली
  • सोमवार, श्रावण २ २०७९

  • 13.4K
    SHARES

  • बालेनले कांग्रेसका यी नेतालाई दिए महत्वपूर्ण जिम्मेवारी

    काठमाडौं - काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ ।

    महानगरका मेयर बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् ।

    हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मानन्धर २७०८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका थिए । मानन्धर स्पष्ट वक्ता र हरेक विषयमा पोख्त मानिन्छन् ।

    काठमाडौं महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत छ । त्यसैले कांग्रेसकै वडाध्यक्षलाई प्रवक्ताको जिम्मेवारी दिन बालेन साह बाध्य भएका हुन् ।

    अघिल्लो पाँच वर्ष महानगरपालिकाको प्रवक्ताको जिम्मेवारी ईश्वरमान डंगोलले निर्वाह गरेका थिए । उनी यसपटक एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०९:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend