आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन ‘प्रदेश शान पदक’ बाट विभूषित

कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन ‘प्रदेश शान पदक’ बाट विभूषित

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३० २०७९

  • 4.0K
    SHARES

  • कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन ‘प्रदेश शान पदक’ बाट विभूषित

    काठमाडौं - नेपाली कांग्रेस लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन प्रदेश शान पदकबाट विभूषित भएका छन् ।

    बिहीबार बागमती प्रदेश सरकारले आयोजना गरेको सम्मान तथा पदक सुशोभन समारोहमा महर्जनलाई ‘प्रदेश शान पदकबाट विभूषित’ गरेको हो।

    मुख्यमन्त्री राजेन्द्र पाण्डेले कांग्रेस नेता महर्जनलाई सम्मान गरेका हुन् । महर्जन राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्षका साथै नेपाली खेलकुद जगतका हस्ती हुन् ।

    १२ वर्षको उमेरदेखि कराते खेलमा आबद्ध महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा करिब दुई दर्जनभन्दा बढी स्वर्ण पदक हासिल गरिसकेका छन् ।

    २०५६ मा खेलाडी जीवनबाट सन्यास लिई पछिल्लो समय प्रशिक्षकको भूमिका रही महर्जनले सयौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएका छन् । सोही योगदानको कदर गर्दै बागमती प्रदेश सरकारले उनलाई सम्मान गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend