आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्रले बाबुराममाथि लगाए मानसिक अवस्था गडबड भएको आरोप

उपेन्द्रले बाबुराममाथि लगाए मानसिक अवस्था गडबड भएको आरोप

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३० २०७९

  • 3.8K
    SHARES

  • उपेन्द्रले बाबुराममाथि लगाए मानसिक अवस्था गडबड भएको आरोप

    काठमाडौं - अन्ततःजनता समाजवादी पार्टी दोस्रोपटक फुट्ने भएको छ । यसअघि अघिल्लो वर्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले जसपा त्यागेर लोसपा गठन गरेका थिए ।

    पार्टी विभाजन भएको एक वर्ष नबित्दै उपेन्द्र यादव नेतृत्वको जसपा फेरि फुट्ने भएको हो । डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरेपछि उपेन्द्रले उनीमाथि गम्भीर लाञ्छना लगाएका छन् ।

    वीरगन्जमा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा यादवले नेतैपिच्छे भट्टराईले फरक–फरक कुरा गर्ने गरेको र बखेडा मात्रै झिकेको आरोप लगाए ।

    उनले भने, ‘भट्टराई फरक–फरक नेताको भेटमा फरक–फरक कुरा बोल्ने र पार्टीको बैठकमा नआउने, हस्ताक्षर गराएर बखेडा मात्र गराउने काममा लागे ।

    भट्टराई कस्ता डाक्टर भएका छन्, आजभोलि बुझ्न सकिएको छैन । पछिल्लो समय उनको मानसिकता गडबड भएको जस्तो लाग्न थालेको छ ।’ भट्टराई गुटको नेता बन्न खोजेको यादवले कटाक्ष गरे ।

    भट्टराईलाई माओवादीकालदेखि नै अध्यक्षको विरुद्धमा हस्ताक्षर गराएर हिँड्ने बानी परेको र अहिले पनि उक्त बानी यथावत् रहेको यादवले बताएका थिए ।

    बाबुराम पक्षमाथि संगीन आरोप लगाउँदै सम्भवतः आज सकिने केन्द्रीय समिति बैठकले असन्तुष्ट पक्षलाई कारबाही गर्ने भएको छ । चुनावमा मुखमा फेरि पार्टी विभाजन भएमा उपेन्द्रले निकै ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend