आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

बालेनले चुनाव जिताएको गुन तिर्न ‘रुटिन अफ नेपाल बन्द’ लाई एक करोड छुट्याएपछि बबाल

बालेनले चुनाव जिताएको गुन तिर्न ‘रुटिन अफ नेपाल बन्द’ लाई एक करोड छुट्याएपछि बबाल

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३० २०७९

  • 6.3K
    SHARES

  • बालेनले चुनाव जिताएको गुन तिर्न ‘रुटिन अफ नेपाल बन्द’ लाई एक करोड छुट्याएपछि बबाल

    काठमाडौं - निर्वाचनअघिसम्म हाईहाई भएका बालेन्द्र साह बालेन मेयर भएपछि विवादको घेराबाट उम्किन सकेका छैनन् । एकपछि अर्को विवादको भुमरीमा उनी फस्दै गएका छन् ।

    काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन गर्न नसकेका बालेन केही समयअघि एक सार्वजनिक पार्टीमा मदिराले लठ्ठिएर पुगेका थिए । जसको निकै आलोचना भयो ।

    ¥यापर यम बुद्धको सालिक बनाउन १५ लाख रुपैयाँ महानगरले दिने घोषणा गरेपछि विवादमा तानिएका उनले पछि आफ्नै निर्णय परिवर्तन गरेका थिए । उनले बेलायतको लन्डनमा आत्महत्या गरेका यम बुद्धको सालिक बनाउन आफ्नो तलबबाट दिने घोषणा गरे ।

    जबकि सर्वोच्च अदालतले जनप्रतिनिधिलाई तलब र सेवासुविधा लिन रोक लगाएको छ । त्यसमा पनि यम बुद्धको सालिक बनाउन सार्वजनिक जग्गामा मिल्दैन । अहिले आएर उनी फेरि अर्को विवादमा तानिएका छन् ।

    आफूलाई चुनावी प्रचारमा सहयोग गरेको ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजका सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी बालेनले बजेटमा एक करोड रकम विनियोजन गरेको भन्दै सामाजिक सञ्जाल उनीविरुद्ध खनिएको छ ।

    पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’को नाममा काठमाडौं महानगरले एक करोड रकम विनियोजन गरेको दाबीसहित बालेनको आलोचना भइरहेको हो ।

    हाल नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा पौडेलसमेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ । हिमालयन टेलिभिजनले यससम्बन्धी समाचार हालै प्रसारण गरेपछि बालेन विवादमा तानिएका हुन् ।

    तर पौडेलले भने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । ‘प्रिय हिमालयन टेलिभिजन, म ई–स्पोर्ट टिमको सह–स्थापक हुँ, आयोजक हैन ।

    रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन’, उनले भनेका छन्, ‘बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु । आरोप प्रमाणित गर्नुहोस् झुण्डिएर मर्न तयार छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०९:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend