काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्दैछन्। पाँच दलिय सत्ता गठबन्धनमा बागमति प्रदेशको सरकारको नेतृत्व ६–६ महिना बाँडफाँड गर्ने सहमति बनेको थियो।
सहमति अनुसार पहिलो ६ महिना नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। उनी मुख्यमन्त्री बनेको ६ महिना बितिसकेको छ। बाकी ६ महिनाका लागि कांग्रेसबाट बानियाँ मुख्यमन्त्री बन्ने निश्चित छ। नेकपा एमालेको सरकार ढाल्दा बनेको सहमति कार्यान्वयनका लागि अहिले पहल भइरहेको छ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बागमतीमा यसअघि नै भएको सहमति पालना हुनुपर्ने पक्षमा छन्। यस्तै नेकपा एकिकृत समाजवादी पनि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न तयार देखिएको छ। तर, मिडियामा भने गतल प्रचार भइरहेको कांग्रेस नेताहरु बताउँछन्।
‘केन्द्रीय सभापति देखि हामीसम्म सहमति कार्यान्वयन हुनुपर्छ र हुन्छ भनिरहेको छौं। नेकपा एसका नेताहरु पनि सत्ता हस्तान्तरण गर्न सकारात्मक हुनुहुन्छ। तर, मिडियामा भने अनेक प्रचार भइरहेका छन्,’ कांग्रेस बागमती प्रदेशका एक नेताले भने, ‘मिडियामा आएजस्तो केही पनि छैन। इन्द्र दाइ मुख्यमन्त्री बन्ने निश्चित छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।