आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री ?

जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २० २०७९

  • 3.5K
    SHARES

  • जसपाले फिर्ता बोलायो तीन मन्त्री, को-को हुँदैछन् नयाँ मन्त्री ?

    काठमाडौँ -  जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेको छ।

    जसपाको उपेन्द्र यादव पक्षले संसदीय दल र कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको बताउँदै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो।

    विभाजनको संघारमा रहेको जसपामा उपेन्द्रकै पक्षमा रहने ग्रीन सिग्लन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।

    तीन जनालाई फिर्ता बोलाएपछि बाबुराम भट्टराईको पक्षबाट अलग भएका इस्तियाक राई सँगै प्रदीप यादव र मृगेन्द्र सिंहलाई नयाँ मन्त्रीको रुपमा सिफारिस गरिएको छ।

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार जसपाले राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको छ। कृषिमन्त्रीका लागि सिफारिस भएका सिंह राष्ट्रिय सभा सदस्य हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend