काठमाडौं - नेपाली नारीहरुको पर्व तीज आउन अझ केही समय बाँकी छ तर कलाकारहरुलाई भने तीज लागि सकेको छ ।
हरेक तीजमा नयाँ गीत सार्वजनिक गर्ने गायक राजेन्द्र कँडेलले यो वर्ष पनि मौलिक तीज गीत 'निरजाले...' लिएर दर्शक श्रोतामाझ आएका छन् । उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ।
राजेन्द्र कँडेल र शान्ति श्री परियारको आवाज रहेको सो गीतमा नारायण शर्माको शब्द रहेको चाह भने कँडेल आफैले लय सिर्जना गरेका छन् ।
गीतको म्युजिक भिडिओ समेत दमदार बनेको छ । निर्देशक काजिस श्रेष्ठले निर्देशनमा तयार पारिएको भिडिओमा गायक तथा मोडल रामजी खाँड र करिश्मा ढकालको अभिनय रहेको छ । दिपक बिस्टको सम्पादन रहेको उक्त भिडिओको छायांकन राजेश घिमिरेले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।