काठमाडौँ- चर्चित लोक दोहोरी गायक राजेन्द्र कँडेल र शान्ति श्री परियारको स्वरमा 'अभागी परदेशी...' सार्बजनिक भएको छ ।
उक्त गितमा भिसु भण्डारिको शब्दलाई टपक्क टिपेर गायक कँडेलले नै लय गरेका हुन्। उक्त गीतको भिडियोमा मोडल रुपा कँडेल र विकास लामिछानेलाई देख्न सकिन्छ ।
चर्चित निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा तयार गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । परदेशीका कथालाई यथार्थ देखाउन खोजिएको उक्त गीतले सार्बजनिक भएको केहि घण्टामा नै चर्चा बटुल्न सफल भएको छ ।
विष्णु दाहालको सम्पादनमा रहेको उक्त भिडियोलाई सुपारी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।