काठमाडौँ - दशैँ नजिकिँदै गर्दा बजारमा दशैँसम्बन्धी गीत आउने क्रम बढ्दो छ। तर यही बीचका गायक तथा गीतकार बिदुर आपागाईले भने फरकधारको गीतसहित बजारमा आएका छन्।
गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको ‘क्यारी हाँसम खोइ’ लाई गायक तथा गीतकार प्रशान्त पौडेलको लय तथा शब्द गरेका छन् ।
भिडियोमा चर्चित मोडल शिबन पोखरेलको फिचरिङ रहेको छ। उनको साथमा रन्जिता गुरुङलाई देख्न सकिन्छ । भिडियोमा मोडल शिबन र रन्जितालाई करिब १ दशक पछी एकै चोटी देखिएका छन् ।
पछिल्लो समयका धेरै रुचाइएका निर्देशक देवेन्द्र पाण्डेले भिडियोको निर्देशन गरेका छन् । उनले गीतले खोजे जति भिडियोमा उतारेको मज्जाले देख्न सकिन्छ ।
एबिएस म्युजिकको युट्युब च्यानलबाट बिहिबार सार्वजनिक भएको गीत दर्शकहरुले निकै रुचाइरहेका छन्। गीतमा दीपकराज बिश्वोकर्माले एरेन्ज गरेका छन्।
म्युजिक भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने दिप्शन शाहको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।