काठमाण्डौ – तीजको गीतको तयारीमा रहेका कलाकारहरुले नयाँ दोहोरी गीतहरू सार्वजनिक गरिरहेका छन् । यसै बीचमा चर्चित गायक तथा संगीतकार राजेन्द्र कँडेल र शान्ती श्री परियारको आवाज रहेको नयाँ लोकदोहोरी गीत 'पागल...' ले सार्बजनिक भएको केहि समयमा नै सर्भाधिक रुचाइएको छ ।
अत्यन्तै उत्कृष्ट शब्द,सुमधुर लय रहेको सो गीतमा कडेंल र परियारको उत्कृष्ट आवाज रहेको छ । गीतलाई छोटो समयमा धेरैले मन् समेत पराएका छन् ।
गीतको म्युजिक भिडियो समेत दमदार बनेको छ । गीतमा नारायण प्रसाद शर्माको शब्द तथा गायक स्वयंको लय सिर्जना रहेको छ । रुपा कँडेल र शिशिर भण्डारीको अभिनय रहेको गीतलाई विक्रम चौहानले निर्देशक गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।