काठमाडौं - चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी, गायिकाद्वय सुनिता बुढा क्षेत्री र सरस्वती सुनारको स्वरमा ‘मलाई नसोध, नखोज’ बोलको लोकलयमा आधारित गीत सार्वजनिक भएको छ । गीत सार्बजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
गीतका संगीतकार राजेन्द्र कँडेल हुन् । शब्द हरि केसीले लेखेका छन् । गीतका एरेञ्जर विनोद बाजुराली हुन् । गीत बिहीबार बिहान रिलिज भएको छ ।
वियोगान्त शैलीका शब्द रहेको गीतको म्युजिक भिडियोको कथा पनि वियोगान्तमै बनेको संगीतकार राजेन्द्र कँडेलले बताएका छन् । ‘मायाँ प्रेम र त्यसबाट हुने पीडालाई गीतमा देखाउन खोजिएको छ’, कँडेलले भने, ‘युवा–युवती एक हुन नपाएर विछोड हुँदा र समाजले गाउँबाट लखेट्दाको पीडालाई गीतमा समेटिएको छ ।
संगीतकार कँडेल आफैमा पनि गायक हुन् । कँडेलले गायक खेम सेञ्चुरीका साथै गायिकाद्वय सुनिता बुढा क्षेत्री र सरस्वती सुनारले गीतमा न्याय गरेको बताएका छन् ।
उनले खेम सेञ्चुरीको स्वर रहेको यो गीत अन्य गीतहरूभन्दा कम नरहेको बताए । सुपारी म्युजिक प्रालिले ल्याएको ‘मलाई नसोध, नखोज’को म्युजिक भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन् ।
म्युजिक भिडियोमा विनोद भण्डारी र रुपा कँडेलको अभिनय रहेको छ । मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियोलाई करन चैसरले छायाँकन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।