काठमाडौँ- लोकप्रिय गायक तथा सर्जक राजेन्द्र कंडेल र गायिका सुनिता बुढाको स्वरमा लोकदोहोरी गीत 'ए आमा...' बोलको गीतको भिडिओ बजारमा रिलिज भएको छ ।
भिडिओमा तपाईं हाम्रै समाजको एक बास्तबिक कथा लाखौ परदेशीको पीडालाई समेटेर तयार पारिएको गीतमा आमासँग बुढेसकालमा बिछोडीएर परदेश गएको छोराको कथालाई जिवन्त शैलीमा देखाइएको छ ।
गीतमा नारायण शर्माको शब्द शृजना रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा विमल अधिकारी र रश्मी भट्टको दमदार अभिनय देख्न सकिन्छ ।
गीतको भिडिओ राजेन्द्र कंडेल अफिसियल युट्युब च्यानल मार्फत रिलिज भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।