आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्रले आफ्नी श्रीमतीलाई मन्त्री बनाइदिने भएपछि अशोक राईले छाडे बाबुरामको साथ

उपेन्द्रले आफ्नी श्रीमतीलाई मन्त्री बनाइदिने भएपछि अशोक राईले छाडे बाबुरामको साथ

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १७ २०७९

  • 6.1K
    SHARES

  • उपेन्द्रले आफ्नी श्रीमतीलाई मन्त्री बनाइदिने भएपछि अशोक राईले छाडे बाबुरामको साथ

    काठमाडौं - नेपालको राजनीतिमा कुन बेला के हुन्छ कसैले भविष्यवाणी र अनुमानसमेत गर्न सक्दैन । हिजोसम्म सँगै रहेका नेताहरू भोलिपल्टै पदका लागि काटाकाट, मारामार गरेको देखिन्छ ।

    अघिल्लो दिनसम्म नामै सुन्न नचाहने नेताहरू भोलिपल्टदेखि चाटाचाट, अंकलमाल गरेर हिँडेको देखिन्छ । यस्तै अवस्थाबाट गुज्रिरहेको छ जनता समाजवादी पार्टी ।

    हिजोसम्म उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच कसिलो सम्बन्ध थियो । यी दुईको मिलन अन्य दलका नेताका लागि टाउको दुखाईको विषय बनेको थियो । तर, बिहीबारदेखि दुवै नेता अलग अलग हिँड्न राजी भएका छन् ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा बाबुरामले २० प्रतिशत पनि नेता जुटाउन नसकेपछि उनले आफूले पार्टी छाड्ने जानकारी दिएका हुन् । सम्भवतः बाबुराम माओवादी केन्द्रमा प्रवेश गर्ने बलियो सम्भावना छ ।

    बाबुराम पार्टीबाट अलग हुने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार नयाँ मन्त्रीको नाम बुझाएका छन् । गत सोमवार राति आफू निकट कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने सम्पूर्ण अधिकार आफूलाई दिने निर्णय गराएपछि यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेट गरेका थिए। अध्यक्ष यादवले सरकारमा रहेका आफ्ना पार्टीका सबै मन्त्रीहरू फिर्तासमेत बोलाइसकेका छन् ।

    बाबुरामकै कारण प्रधानमन्त्री देउवाले नयाँ व्यक्तिलाई मन्त्री बनाएका थिएनन् । तर, अब यादवले आफूले चाहेको व्यक्तिलाई मन्त्री बनाउन सक्नेछन् । उनले नयाँ मन्त्रीमा चर्चा बाहिरबाट पनि नामहरू समावेश गरेका छन् ।

    यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेठको नाम सिफारिस गरेका छन्। श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन्। उनको नाम पार्टीको समानुपातिक सूचीमा पनि राखिएको थियो।

    अशोक राई यसअघि बाबुराम निकट थिए । तर, अब श्रीमती मन्त्री बन्ने भएपछि उनले बाबुरामको साथ छाडेका छन् । आफ्नो पक्षमा बहुमत देखाउन अशोक राईको साथ र समर्थन आवश्यक रहेको भन्दै गैर सांसद भए पनि पार्टीभित्रको समर्थन मिलाउन उपेन्द्रले श्रेष्ठको नाम सिफारिस गरिएको स्रोतको दाबी छ ।

    जसपाबाट नयाँ मन्त्रीका लागि डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, मोहम्मद इस्तियाक राई मन्त्री बन्ने सूचीमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend