सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बागमती प्रदेशमा कांग्रेसका इन्द्र बानियाँ बन्दै मुख्यमन्त्री, सुरु भयो हस्ताक्षर संकलन

बागमती प्रदेशमा कांग्रेसका इन्द्र बानियाँ बन्दै मुख्यमन्त्री, सुरु भयो हस्ताक्षर संकलन

  • मिडिया डबली
  • बिहिवार, आषाढ १६ २०७९

  • 3.5K
    SHARES

  • बागमती प्रदेशमा कांग्रेसका इन्द्र बानियाँ बन्दै मुख्यमन्त्री, सुरु भयो हस्ताक्षर संकलन

    काठमाडौं - सत्तारुढ गठबन्धनको पूर्वसहमतिअनुसार बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही सहमतिअनुसार एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बनाइएका थिए । उनी मुख्यमन्त्री बनेको आठ महिना बितिसकेको छ ।

    आलोपालो प्रणालीअनुसार बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ । बानियाँ कांग्रेस बागमतीको सभापति र संसदीय दलका नेतासमेत हुन् ।

    प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु भएको छ ।

    मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशनबिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन् ।

    आर्थिक वर्ष २०७८–७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै कांग्रेस संसदीय दलका नेता बानियाँ सत्तारोहणको तयारीमा छन् । पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन थियो ।

    कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको एक सांसदले जानकारी दिएका छन् ।

    चाँडै माओवादी र कांग्रेसका मन्त्री तथा राज्यमन्त्रीसमेत फिर्ता बोलाउने तयारी भइरहेको छ । सरकारले निर्वाचन आयोगको सुझावअनुसार असारको अन्तिम सातासम्ममा प्रदेश र संघको निर्वाचनको मिति तोक्ने सम्भावना रहेका कारण त्यसअघि बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने तयारी थालिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend